आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै आर्मी एएफसी कपको दोस्रो चरणमा

२६ चैत्र, २०७७ १९:०७ मा प्रकाशित

463 पटक पढिएको

afc cup

काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप–२०२१ को दोस्रो चरण प्रवेश गरेको छ । बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत, सुदिल राईले एकएक गोल गरे । खेलको सुरुमै श्रीलंकाका इभान्सले एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो । उसका लागि खेलको २८ औं मिनेटमा इभान्सले पहिलो गोल गरेका थिए । त्यसपछि लगातार नेपालले पाँच गोल गरेको हो ।

खेलको ४१, ४३, ५०, ८३ मिनेटमा नेपालले लगातार गोल गरेको हो । खेलको इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५–१ को अग्रता दिलाएका हुन् ।

आर्मीले अर्को खेल वैशाख १ गते भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome