बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

धरानको पालीका बजारमा आगलागी : ११ पसल जलेर नष्ट हुँदा ५२ लाख बराबरको क्षति

१२ श्रावण, २०७७ ११:५५ मा प्रकाशित

675 पटक पढिएको

fire futted stores in dharan

धरान – सुनसरीको धरान उपमहानगरपालिका –३ स्थित पालिका बजारमा आगलागी भएको छ। सोमबार बिहानै लागेको आगलागीमा परी ११ वटा कसमेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

पालिका बजारको एक पसलमा भएको विद्युत सटका कारण आगलागी सुरु भएको प्रहरी निरीक्षक ओलीले बताए। आगलागीमा परी वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई, यामकुमार विक, कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जुको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ।

आगलागीमा करिब ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ। पालिका बजारमा कसमेटिक र तरकारी पसल संचालन गरी परिवार पाल्दै आएका उनीहरुको पसल जलेर नष्ट भएपछि परिवार नै बिचल्लीमा परेको पीडितहरुको गुनासो छ। उनीहरुले उचित क्षतिपूर्ति दिलाई दिन सरकारसँग माग गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome