बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन स्वास्थ्य मन्त्रालयको सिफारिस

२७ चैत्र, २०७७ १७:१५ मा प्रकाशित

927 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस गरेको छ। कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरको महामारी आएको र यो थप फैलन सक्ने संभावना रहेकाले सावधानी अपनाउन मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो।

विद्यालयलगायत अन्य भीडभाड हुने क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत बन्द गर्न मन्त्रालयले सिफारिस गरेको र यसबारेमा सीसीएमसीमा छलफल भएर टुंगो लाग्‍ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome