बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

राप्रपा नुवाकोटमा प्रधानाध्यापक उप्रेती

२७ चैत्र, २०७७ १७:२७ मा प्रकाशित

695 पटक पढिएको

rpp nuwakot comittee

काठमाडौं – राष्ट्रीय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशनको लागि विभिन्न जिल्लामा आफ्नो कमिटी बनाएको छ ।

पार्टीले नुवाकोट जिल्लाको तादी गाउँपालिकाको अधिवेशनले राजेन्द्र उप्रेतीलाई कार्यसमितिमा निर्वाचित गरेको छ । लामो समयसम्म प्रधानाध्यापकको हैसियतमा रहि शिक्षण पेशामा संलग्न उप्रेती नुवाकोटको एक इमान्दार व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । खरानिटारका निडर र न्याय प्रेमी उप्रेतीले पार्टीको जिम्मेवार पदमा रहेर प्रभावकारी भुमिका खेल्ने छन् भन्ने स्थानिय जनताहरुले बिविश्वास लिएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा प्रतिमा तामाङ्ग निर्वाचित भएकी छिन् भने कार्यसमितिमा ३१ सद्स्य रहेका छन् ।

राष्ट्रीय प्रजातन्त्र पार्टी अहिले महाधिवेशनको चटारोमा छ । बैशाखको अन्तिम साता केन्द्रीय महाधिवेशन को समय तोकिईसकेको छ । महाधिवेशनलाई केन्द्रीत गरी नेपालको प्रत्यक वडा, गाउँ प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न भईरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र नुवकोटको खरानीटरमा तादी गाउँपालिका स्तरिय अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट राजेन्द्रकुमार उप्रेती निर्वाचित भएका हुन् ।

अधिवेशनको प्रमुख अतिथीको रुपमा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र बरिष्ठ नेता बुद्धिमान तामाङ्ग सहभागी हुनुभएको थियो । पुर्व मन्त्री तामाङ्ग लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा खरानिटार नुवाकोटमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome