बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

शिवपुरीको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग

२९ चैत्र, २०७७ १८:३९ मा प्रकाशित

272 पटक पढिएको

helicopter trying to put off wildfire

काठमाडौं – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ ।

आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो निभाउने प्रयास भएको हो। आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली आगलागीस्थलमा पुगेको थियो ।

डढेलो नियन्त्रण गर्ने स्थलगत प्रयास प्रभावकारी नभएपछि हेलिकप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए । उनले भने, ‘हेलिकप्टरबाट पानी खसालेर डढेलो नियन्त्रण गर्ने काम भएको छ ।’

पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । यसअघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो ।

हेलिकोप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome