शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १५४ सहित देशभर थप ३६७ जनामा कोरोना पुष्टि, १४१ डिस्चार्ज

२९ चैत्र, २०७७ १८:४६ मा प्रकाशित

678 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना सहित देशभर थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणमा ३०३ र एन्टिजेन विधिबाट ६४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७४ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २ हजार ९६१ जना संक्रिय संक्रमित छन् । ८३ जना क्वारेन्टाइनमा छन् भने २ हजार ९६१ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार आइसीयुमा भर्ना भएका ९९ जनामध्ये १५ जना भेन्टिलेटरमा उपचारत छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० रहेको छ।

पछिल्लो समय नेपाल कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनुरोध गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome