शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

खरानीटारमा राप्रपाको गाउँपालिकास्तरिय अधिवेशन सम्पन्न

३० चैत्र, २०७७ १८:३७ मा प्रकाशित

671 पटक पढिएको

rpp nuwakot

नुवाकोट – राष्ट्रीय प्रजातन्त्र पार्टिले आफ्नो महाअधिवेशनको मिति तोके पछि नेपालको प्रत्यक वडा, गाउँ, प्रदेश, क्षेत्र र जिल्लामा अधिवेशन धमाधम सम्पन्न हुँदैछ । यसै शिलसिलामा नुवाकोट खरानिटारमा तादी गाउँपालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले राजेन्द्र कुमार उप्रेतिको नेतृत्वमा कार्य समिती गठन गरेको छ ।

उक्त अधिवेशनको प्रमुख अतिथीमा राष्ट्रीय प्रजातन्त्र पार्ट्का केन्द्रीय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी हुन्हुन्थ्यो भने बरिष्ठ नेता बुद्धिमान तामाङ्गको पनि सहभागिता रहेको थियो । केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु भरत पाठक, जनक पाठक ,नानिमैया आचार्य र सुन्दर पाण्डे सहभागी हुनु भएको थियो ।

अधिवेशनले अध्यक्षमा राजेन्द्र उप्रेती र उपाध्यक्षमा बमबहादुर तामाङ्ग, श्याम तामाङ्ग र प्रतिमा तामाङ्गलाइ निर्विरोध निर्वाचित गरेको थियो ।

त्यस्तै सचिवमा विष्णुहरी पाण्डे, सह सचिवमा कुमार पण्डित निर्वाचित भएका छन । त्यसै गरि सदस्यहरुमा रामशरण उप्रेती, रमेशकुमार उप्रेती, मदन पण्डित, केशब लाल श्रेष्ठ, तिलक बहादुर खड्का, गोविन्द बहादुर ओझा, विरबल तामाङ्ग, जीवन थाप, जनार्दन कट्टेल ,हरि प्रसाद कडेल, विष्णुकुमार उप्रेति, रत्न रिजाल, शरन खनाल, निल प्रसाद धमला, भरतकुमार चौलागाईं, बद्री खनाल, सजा तामाङ्ग, माधब आचार्य, लक्षमण विक, साधुराम अधिकारी, रामहरी पण्डित र विष्णुहरी श्रेष्ठ रहनु भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome