शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

वर्तमान सरकार ढलाउने सपना नदेखे हुन्छ : उर्जामन्त्री

३१ चैत्र, २०७७ १६:४० मा प्रकाशित

355 पटक पढिएको

top bahadur rayamajhi

सन्धिखर्क – उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न आग्रह गरेका छन् । उनले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी गरे।

माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने जानकारी दिए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै प्रतिपक्षमा भएपनि निर्वाचनमा डटेर जाने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने उनले बताए ।

अहिलेको अवस्थामा धेरै नेताहरुले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएको उनको जिकिर छ । देशलाई निकाश दिने पार्टी एमाले र नेता केपी ओली मात्र भएको उनको ठम्याइ छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome