आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

२४ घण्टामा थप ५१७ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, १५३ डिस्चार्ज

३१ चैत्र, २०७७ १७:०४ मा प्रकाशित

239 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७४ हजार ३१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३ हजार ६०८ जना संक्रिय संक्रमित छन् । ८५ जना क्वारेन्टाइनमा छन् भने ३ हजार ६०८ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ रहेको छ।

कोरोनाको नयाँ भेरिएन्टले नेपालमा पनि असर पार्ने खतरा विज्ञहरुले औँल्याएका छन् । उनीहरुका अनुसार नयाँ भेरिएन्टको असर पहिलेभन्दा बढी हुनसक्नेछ । पछिल्लो समय भारतमा व्यापक रुपमा कोरोनाको असर देखिँदा स्थल सीमाबाट नेपाल प्रवेश गर्ने क्रम पनि बढेको छ । साथै भीडभाड पनि उत्तिकै बढ्दा कोरोना संक्रमण फैलिनसक्ने भन्दै सचेत गराइएको छ ।

नेपाल सरकारले भने भीडभाड नगर्न, सामाजिक दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्न आग्रह गर्दैआएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome