मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

थप १३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो

१२ श्रावण, २०७७ १६:४३ मा प्रकाशित

733 पटक पढिएको

corona positive

काठमाडौं – सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको हो ।आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो।

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश
२ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना,
कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome