शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पोखरामा मेयर सम्मेलन : साइकल दौडमा वालिङका मेयर प्रथम

१ बैशाख, २०७८ १९:२१ मा प्रकाशित

836 पटक पढिएको

mayor convention pokhara

पोखरा – पर्यटकीय शहर पोखरामा प्रथम राष्ट्रिय मेयर सम्मेलन सुरु भएको छ। नयाँ वर्ष २०७८ को पहिलो दिन देश भरका मेयर पोखरामा भेला भएर स्थानीय तहमा आआफ्ना अनुभव आदान प्रदान गर्ने गरी कार्यक्रम आयोजना भएको हो।

सम्मेलनमा आआफ्नो महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा भए गरेका विकास निर्माण लगायतका अनुवभ साटासाट गर्न महत्वपूर्ण हुने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। स्थानीय सरकारका प्रमुखहरुवीच आपसी भाइचरा पनि अभिवृद्धि पनि हुने छ। सम्मेलनमा ७५३ वटै स्थानीय तहका प्रमुखलाई आमन्त्रण गरिएको पोखरा महानगरपालिकाले बताएको छ।

मेयर साइकल दौडमा वालिङका मेयर प्रथम

मेयर सम्मेलनको अवसरमा पोखरामा भएको साइकल दौड प्रतियोगितामा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँड प्रथम भएका छन्। खाँडले निर्धारित ४.५ किलोमिटर दुरी १५ मिनेट ३१ सेकेण्ड ५३ मिलीसेकेण्डमा पूरा गरेका थिए। हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामा दोस्रो भएका छन्। लामाले निर्धारिन दुरी १५ मिनेट ३८ सेकेण्डभा पूरा गरेका थिए। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले निर्धारित दुरी १६ मिनेट ५१ सेकेण्डमा पूरा गरेर तेस्रो भए।

प्रथम, द्वितीय र तृतीय हुने मेयर तथा गाउँपालिकाका अध्यक्षलाई आयोजक पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए। वातावरण जोगाऔं, स्वस्थ रहौं भन्ने नाराका साथ साईकल दौड प्रतियोगिता आयोजना भएको हो। वायु प्रदुर्षणका कारण भिजिविलीटी कम भएकोले जहाज नचल्दा बिहान सबेरै आइपुग्नु पर्ने सबै नगरपालिका र गाउँपालिकाका मेयर आइनपुग्नु भएकोले ३० जना मेयर र गाउँपालिकाका अध्यक्षको साइकल दौड प्रतियोगितामा सहभागीता रहेको पोखरा १३ का वडा अध्यक्ष एवं प्रतियोगिता संयोजक दर्शन लामाले बताए।

साइकल दौडमा प्रथम भएका मेयर खाँड स्विमिङका पूर्व राष्ट्रिय खेलाडी हुन्। कराँते र जुरोका पनि खेलाडी हुन्। मेयर खाँडले वायु प्रदूर्षण नियन्त्रण गर्न साईकलको प्रयोग बढीभन्दा बढी गर्नु पर्नेमा जोड दिए। वालिङमा साइक्लिङको विकासकालागि आँधी खोला क्षेत्रमा २६ किलोमिटर साइकल वे बनाएको बताए।

आगोलागी समेतका कारण पछिल्ला दिनहरुमा नेपालको वायु अस्वस्थकर हुँदै गएकोले वालिङ नगरपालिकाले यस अघि नै वनमा आगो लगाउनेलाई ३ वर्ष कैद, ६० हजार जरिवना वा दुबै हुन सक्ने गरि कानुन बनाएको पनि मेयर खाँडले बताए। साइकल दौडमा पोखरा महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, साइकल सिटी पोखराका सदस्य लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा खेलाडी र साइकल प्रेमीलाई महानगरपालिकाले सम्मान गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome