सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

मानेभञ्ज्याङमा आगलागी : २ घर जले, वस्ती नै जोखिममा

२ बैशाख, २०७८ १६:४० मा प्रकाशित

878 पटक पढिएको

fire

ओखलढुंगा – मानेभञ्ज्याङ गाउँपालिका २ वाक्सामा आगलागी भएको छ । गोठको चुल्होबाट सल्केको आगोले २ घर जलेका छन् । स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर र एक मतान तथा छिमेकी कृष्ण बहादुर राईको घर र मतान समेत जलेको मानेभञ्ज्याङ गाउँपालिका २ का वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार अरु चार/पाँच घर जोखिममा छन् । स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन। आगो जंगलमा प्रवेश गरेकाले नियन्त्रण बाहिर गएको कार्कीले बताए । घरसँगै सम्पूर्ण धनमाल तथा खाद्यान्न जलेपछि दुई परिवारको बिचल्ली भएको छ । दुई घर जल्दा ३० लाख भन्दा बाढीको क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी चौकी केत्तुके र मानेभञ्ज्याङबाट समेत प्रहरी खटाइएको छ । मानेभञ्ज्याङमा आगो लागेको यो तेस्रो पटक हो । यसअघि दुई पटक वडा नम्बर ४ का वन क्षेत्रमा भीषण आगो लागेको थियो ।

जिल्लाभर दुई दर्जन बढी स्थानमा आगालगी भएका छन् । घर तथा धनमालका साथै हजारौं हेक्टर वन क्षेत्र समेत जलेर सखाप भएको छ । पानी नपर्दा दैनिक आगलागीका घटना हुँदै आएका छन् । सुख्खा क्षेत्रका वनमा आगलागी नियन्त्रणमा ल्याउन समेत कठिन हुने गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome