शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

३ बैशाख, २०७८ १७:५६ मा प्रकाशित

309 पटक पढिएको

accident grahic

राजविराज – बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स चालकको शुक्रबार दुर्घटनामा परी मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करले भएको दुर्घटनामा स १ च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखिपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर जाने प्रवेशद्वार अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटना लगत्तै बस चालक फरार भएकाले खोजतलास जारी रहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome