शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

भारतमा एकैदिन २ लाख १७ हजार संक्रमित, ११८५ को मृत्यु

३ बैशाख, २०७८ १७:५७ मा प्रकाशित

531 पटक पढिएको

corona dna

काठमाडौं – भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै पछिल्लो २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome