सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

कोरोना महामारीबीच चीनको आर्थिक वृद्धिदर १८ प्रतिशत

३ बैशाख, २०७८ १७:५९ मा प्रकाशित

601 पटक पढिएको

china

काठमाडौं – कोरोना महामारीकैबीच चीनले उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ । शुक्रबार सन् २०२१ को पहिलो त्रैमास प्रतिवेदन सार्वजनिक गर्दै चीनले कुल ग्राहस्थ उत्पादनमा १८.३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यो चीनले सन् १९९२ देखि त्रैमास विवरण राख्न थाले यताकै सबभन्दा बढी आर्थिक वृद्धिदर हो । तैपनि यो अनुमानित आर्थिक वृद्धिदरभन्दा पनि कम भएको बताइएको छ । रोयटर्सकाअनुसार २०२१ को पहिलो तीन महिनामा १९ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।

पछिल्लो समय कोरोना महामारी नियन्त्रण गरेको चीनले तीव्र गतिमा आर्थिक वृद्धि गरेको हो ।

गत वर्ष चीनको आर्थिक वृद्धि ६.८ प्रतिशतले खुम्चिएको थियो। कोरोना महामारी उच्च विन्दुमा पुगेका बेला लकडाउन गर्नुपरेकाले आर्थिक वृद्धिदर घटेको थियो ।

औद्योगिक र ‘रिटेल सेल्स’ मा तीव्र वृद्धि भएसँगै पहिलो त्रैमासमा आर्थिक वृद्धिदर उच्च देखिएको हो । औद्योगिक क्षेत्रमा ३४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि विश्लेषकहरूले भने सो आर्थिक वृद्धिदर केही समयका लागि मात्र भएको बताएका छन् । उनीहरूका अनुसार यो वर्षको बाँकी दिनहरूमा भने चीनले सो अनुपातको आर्थिक वृद्धिदरलाई कायम राख्न सक्ने छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome