बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

दाउन्ने पहाडबाट बस खस्दा ३१ जना घाइते, ५ जनाको अवस्था गम्भीर

४ बैशाख, २०७८ २१:१७ मा प्रकाशित

564 पटक पढिएको

accident grahic

परासी – बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ को अवस्था गम्भीर छ। उनीहरूको परिचय खुलेको छैन।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए।

बसमा ३१ जना यात्रु थिए। उनीहरू सबै घाइते भएका हुन्। सांझ ६ बजे भएको दुर्घटनामा परेर घाइते सबैको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घटनालगत्तै दुम्किवास प्रहरीले घाइतेको उद्धार सुरू गरेको ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक मीन कुँवरले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome