शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

टी-ट्वान्टी सिरिजमा नेपालको विजयी सुरुवात

४ बैशाख, २०७८ २१:२७ मा प्रकाशित

268 पटक पढिएको

triangular t20 series nepal

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ।

शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्समाथि ९ विकेटले विजयी भएको हो। नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाए।

कुशलले ३० बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६२ रन जोड्दै डेब्यु खेलमा अर्धशतक पूरा गरे। आसिफले ३६ बलमा समान ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाउँदै डेब्यु अर्धशतक पूरा गरेका हुन्।

नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालका लागि एक विकेटको क्षतिमा नेपालले १५ ओभर खेल्दै लक्ष्य पूरा गरेको हो।

टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनाएको थियो।

नेदरल्याण्डस्का लागि बासडी लिडेले सर्वाधिक ४१ रन बनाएका थिए। उसका लागि स्कट इड्रवासले ३०, कप्तान पिटर सीलारले २२, एनोनियस स्टालले २० र म्याक्स ओदाउदले १० रन बनाएका थिए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले समान एक÷एक विकेट लिए।

नेदरल्यान्डले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो। सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्डसका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काएका थिए।

नेदरल्यान्डसको दोस्रो विकेट सोमपाल कामीले लिए। उनले बेन कोपरलाई विनाकुनै रन पेभेलियन फर्काए। खेलको १४औँ ओभरको पाँचौ बलमा नेदरल्यान्डसका रहेका इड्वार्ड साहब आलमको बलमा मैदानबाट बाहिरिए। खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किएका थिए।

डबल राउन्ड रोविनका आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्। फाइनल खेल यही वैशाख ११ गते हुनेछ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको छ। चोटका कारण पूर्वकप्तान पारस खड्का मैदान बाहिर छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome