आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्दै माओवादी केन्द्र

५ बैशाख, २०७८ १७:०५ मा प्रकाशित

623 पटक पढिएको

maoist party nepal

काठमाडौं – नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अबको केही दिनमै काठमाडौंको राजनीति फेरिने प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशमा माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्दै माओवादी केन्द्रको सरकारलाई साथ दिएपछि काठमाडौंको राजनीति पनि प्रभावित बनेको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ गर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ गर्नसक्‍ने बताएका छन्।

देउवाको निवास बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन समारोहमा आइतबार सभापति देउवाले भने, माओवादीले समर्थन फिर्ता नलिँदासम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्नसक्दैन।’

अहिले ओलीको सरकार बहुमत कै हैसियतमा रहेकाले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनसक्‍ने बताए। उनले भने, बहुमतको सरकारसँग अहिले कांग्रेसले निहुँ खोज्दैन। देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पस्ट पार्दै भने, तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था आए कांग्रेस पछि हट्दैन। मुलुकलाई निकास दिन हामी अग्रसर हुन्छौं।’ देउवाले नेपालको राजनीत यतिबेला निकै महत्वपूर्ण मोडमा उभिएको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome