शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

थप १ हजार ९६ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु, २६२ डिस्चार्ज

५ बैशाख, २०७८ १७:१८ मा प्रकाशित

535 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७५ हजार ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६ हजार २९० जना संक्रिय संक्रमित छन् । ८५ जना क्वारेन्टाइनमा छन् भने ६ हजार २९० जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ११६ जना आईसियुमा र ४६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ रहेको छ।

कोरोनाको नयाँ भेरिएन्टले नेपालमा पनि असर पार्ने खतरा विज्ञहरुले औँल्याएका छन् । उनीहरुका अनुसार नयाँ भेरिएन्टको असर पहिलेभन्दा बढी हुनसक्नेछ । पछिल्लो समय भारतमा व्यापक रुपमा कोरोनाको असर देखिँदा स्थल सीमाबाट नेपाल प्रवेश गर्ने क्रम पनि बढेको छ । साथै भीडभाड पनि उत्तिकै बढ्दा कोरोना संक्रमण फैलिनसक्ने भन्दै सचेत गराइएको छ ।

नेपाल सरकारले भने भीडभाड नगर्न, सामाजिक दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्न आग्रह गर्दैआएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome