शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

शैक्षिक प्रमाण पत्र किर्ते गरेको अभियोगमा ७ डाक्टर पक्राउ

६ बैशाख, २०७८ १९:१० मा प्रकाशित

1051 पटक पढिएको

doctors in custody

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शैक्षिक प्रमाण पत्र किर्ते गरेको अभियोगमा देशको विभिन्न ठाउँबाट ७ जना डाक्टरहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर न्युरो हस्पिटलमा कार्यरत सप्तरी जिल्ला बिष्णुपुर गाउँपालिका २ घर भई बिराटनगर महानगरपालिका ५ सम्झना चोक बस्ने बर्ष २८ का मोहमद सिद्धिकी, महोत्तरी जिल्ला सरपल्लो वडा ६ घर भई जनकपुर उपमहानगरपालिका वडा ६ बस्ने बर्ष २९ का सुभाष प्रसाद साह, धुनुषा जिल्ला सवैल नगरपालिका ५ घर भई ललितपुर २ महालक्ष्मीस्थान बस्ने बर्ष २८ का मोहम्मद शाहिद राजा, जिल्ला मनाङ्ग साविक चोक गाउँपालिका वडा ५ का बर्ष ३१ का दीपेन्द्र गौतम, सप्तरी जिल्ला सकरपुर १ घर भई बिराटनगर बरगाछी ३ बस्ने बर्ष ३१ काअखिलेश कुमार देव, मोहत्तरी मनरा ५ घर भई भक्तपुर ठिमी २ आदर्श बस्ति बस्ने बर्ष २७ का पल्लवी सिंह, ललितपुर २ सानेपा बस्ने बर्ष २९ का फराज हुसेन खान रहेका छन् ।

उनिहरुले डाकटर पढन आवश्य न्युनतम नम्बर नपुगेपछि आफ्नो एस एल सि सर्टिफिकेटमा नम्बर थपेर किर्ते गरी नेपाल मेडिकल काउन्सिलबाट समेत स्विकृति लिएका थिए । बङ्गलादेशबाट एम बि बि एस अध्यन गरेको केन्द्रीय अनुसन्धान ब्युरोले सुचना पाएको आधारमा देशको विभिन्न स्थानबाट उनिहरुलाइ पक्राउ गरेर अनुसन्धान गर्दा तथ्य पत्ता लागेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख सहकुल थापाले बताउनुभयो ।

उनिहरुले एस एल सि सर्टिफिकेटमा प्राप्तांक, जन्म मिति समेत सच्याएको पाइएको छ । ७ जना मध्य ४ जना विभिन्न हस्पिटलमा डाक्टरी पेशामा कार्यरत थिए भने ३ जना कामको खोजीमा रहेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ । पक्राउ परेकाहरुमाथि लिखत सम्बन्धी कसुरमा सम्मनित अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको पनि ब्युरोले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome