शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द

८ बैशाख, २०७८ ०६:४१ मा प्रकाशित

990 पटक पढिएको

riyal

काठमाडौं – नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो। वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome