बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

८ बैशाख, २०७८ ०६:४४ मा प्रकाशित

262 पटक पढिएको

sputnik v vaccine

काठमाडौं – रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले मंगलबार उक्त खोप प्रयोगका लागि अनुमति दिएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो समय कोभिड संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नेपालले उक्त खोपलाई अनुमति दिएको हो ।

मंगलबार भने पछिल्लो चार महिनाको अवधिमा सबैभन्दा धेरै बिरामी भएका थिए । गत जनवरीमा नेपालले खोप अभियान सुरु गर्दै भारतमा उत्पादित अष्ट्राजेनेकाको प्रयोग गरेको थियो । पछिल्लो समय उक्त खोप अभाव भएपछि नेपालले पनि खोप वितरण रोकेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome