शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

छोरीको उत्तरपुस्तिका सच्याएर पास गराएको आरोपमा लोकसेवाका अधिकृतविरुद्ध मुद्दा

८ बैशाख, २०७८ १६:१३ मा प्रकाशित

338 पटक पढिएको

special court kathmandu

काठमाडौं – छोरीको उत्तरपुस्तिका सच्याएर परीक्षामा पास गराएको आरोपमा लोक सेवा आयोगले तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीविरुद्ध सरकारी कागजात सच्याइ अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा छोरी सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याइ अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीविरुद्ध कार्य भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए। ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome