सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

हरिण र दुम्सीको मासुसहित ७ सिकारी पक्राउ

८ बैशाख, २०७८ १६:२० मा प्रकाशित

739 पटक पढिएको

arrested illustration

सिन्धुली – सिन्धुलीमा संरक्षित वन्यजन्तु हरिण र दुम्सीको मासुसहित सात सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलामाई नगरपालिका १४ चन्दनपुरका काली कुभर, लक्ष्मी कुभर, मोहन कुभर, बरम कुभर, शम्भु चौधरी र ईश्वर कुभर रहेका छन् ।

उनीहरुलाई सव डिभिजन वन कार्यालय रानीबासको टोलीले पक्राउ गरेको डिभिजन वन कार्यालय सिन्धुलीका सहायक वन अधिकृत संघर्ष सक्षम मिश्रले जानकारी दिए । ‘सिकारीहरुको साथबाट चार थान ठूलो पासो (जनावर पक्रने जाली), खुकुरी र ६ केजी बढी हरिण र दुम्सीको मासु समेत नियन्त्रणमा लिइएको छ,’ मिश्रले भने ।

पक्राउ परेका सातैजनालाई सव डिभिजनले डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाएको छ। उनीहरुमाथि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गराएर अनुसन्धान थालिएको मिश्रले जनाए ।

उनले थपे, ‘पक्राउ परेकाहरुले बोकेको पासो हेर्दा ठुला ठुला जनावरहरु समेत मार्न सकिने पाइएको छ । उनीहरु पेसेवर सिकारीजस्तो देखिएको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ ।’

पक्राउ परेकाको साथबाट जफत भएको मासु विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाइने तयारी गरिएको बताइएको छ । प्रयोग शालाको रिपोर्ट र अनुशन्धान प्रक्रिया सकिएपछि वन्यजन्तु चोरी सिकारी ऐनअन्तरगत जिल्ला अदालत सिन्धुलीमा मुद्धा दायर गरिने डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome