शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको जिम्मेवारी प्रचण्डलाई

८ बैशाख, २०७८ १६:३७ मा प्रकाशित

364 पटक पढिएको

ncp maoist

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सुम्पेको छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय भएको जानकारी दिए।

ओलीलाई हटाएर वैकल्पिक सरकार निर्माणका लागि अगुवाइ गर्दै आएको माओवादीले अहिलेसम्म समर्थन फिर्ताको औपचारिक निर्णय भने गर्न सकेको छैन। समर्थन फिर्ताको निर्णय गर्ने भन्दै मंगलबार बसेको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गर्दै टुंगिएको थियो। नेपाली कांग्रेसले माओवादी निर्णय गरेपछि मात्र वैकल्पिक सरकारको तयारी अघि बढाउन सकिने बताउँदै आएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome