शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १ हजार ५१ सहित देशभर थप २३ सय ५१ जनामा कोरोना पुष्टि, २८७ डिस्चार्ज

८ बैशाख, २०७८ १६:४६ मा प्रकाशित

513 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५१ जनासहित देशभर थप २३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उपत्यकामा काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७६ हजार ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १० हजार ५८२ जना संक्रिय संक्रमित छन् । ८६ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६५९ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११२ रहेको छ।

सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो। तर विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्नसकिनेछ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले यस्तो निर्णय गरेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome