बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप २४ सय २८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, २५२ डिस्चार्ज

९ बैशाख, २०७८ १७:३६ मा प्रकाशित

570 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २४ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७६ हजार ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १२ हजार ६९० जना संक्रिय संक्रमित छन् । ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६९० जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । १७० जना आइसीयूमा र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ रहेको छ।

सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो। तर विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्नसकिनेछ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले यस्तो निर्णय गरेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome