सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

९० लाख बराबरको हेरोइनसहित कारोबारी पक्राउ

१० बैशाख, २०७८ ०६:१७ मा प्रकाशित

493 पटक पढिएको

heroin confiscated

लागुऔषध नियन्त्रण व्युरोले त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट ९ सय ग्राम लागुऔषध हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग घर भएका बर्ष ४९ का दावा लामा तामाङ्ग रहेका छन् । प्रहरीलाई बिशेष सुचना प्राप्त भएपछी दावालाइ त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट पक्राउ गरेको हो ।

बरामद लागुऔषधको नेपाली बजार मूल्य अनुसार ९० लाख रुपैँया हुने लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको छ ।

गत २६ गते दावा तामाङ्गले हेरोइनलाइ प्लास्टिकमा बेरेर ९३ वटा क्याप्सुल बनाइ खाएर लिएर आएका थिए । दावाले दुबई हुँदै पाकिस्तान पुगेर उक्त लागुऔषधको क्याप्सुल खाएर दुबई हुँदै नेपाल आउँदा व्युरोको टोलिले पक्राउ गरेको व्युरोका प्रमुख दिलिप चौधरीले बताउनुभयो ।

प्रहरीले दावाको कारोबारमा संलग्न धादिङ्ग घर भएका देवि माया भनिने गोपि तामाङ्ग, होनिमाया तामाङ्गनी, वयस बहादुर गुरुङ्गलाई पनि पक्राउ गरेको छ ।

heroin confiscated

उनिहरुबाट ३ सय अमेरिकि डलर पनि बरामद गरेको छ । पक्राउ परेका देविमाया भनिने गोपि तामाङ्ग लामो सम्य देखि विभिन्न देशमा बसेर लागुऔषध कारोबारमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दावा तामाङ्ग पहिला पनि लागुऔषध हेरोइन कारोबारमा पक्राउ परी ५ बर्ष जेल सजाय भुक्तान गरीसकेको व्युरो प्रमुख चौधरीले बताउनुभयो ।

narcotics control bureau

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome