आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

१० बैशाख, २०७८ ०६:२७ मा प्रकाशित

681 पटक पढिएको

vdc chairman in custody

धरान – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलत्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरीकी एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरान तर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए ।

बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्तर्गत जाहेरी दिएपछि प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् ।

पक्राउ गरिएका यादव र किशोरी दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome