शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

दार्चुलामा पहिरोले घर पुरिँदा दुई बेपत्ता

१३ श्रावण, २०७७ ०९:३८ मा प्रकाशित

829 पटक पढिएको

landslide in nepal

दार्चुला – जिल्लाको दुहु गाउँपालिका वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र ४५ वर्षीया उनकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । सो पहिरोमा परि १ भैंसी र ४ बाख्रा पनि पुरीएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome