शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १,४९४ सहित देशभर थप ३,१२२ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

१२ बैशाख, २०७८ १९:०२ मा प्रकाशित

677 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ९४ जनासहित देशभर थप ३१ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७७ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १९ हजार ३९२ जना संक्रिय संक्रमित छन् । ६९ जना क्वारेन्टाइनमा छन् । १७ हजार ७८८ जना होम आईसोलेसनमा रहेका छन् भने १५ सय ९४ जना संस्थागत आईसोलेसनमा रहेका छन् । २५२ जना आइसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ रहेको छ।

पछिल्लो समय काठमाडौं लगायत विभिन्न सहरमा कोरोनाको दोस्रो लहर फैलिन थालेको छ । नेपालगन्ज, वीरगन्ज लगायत सहरमा पछिल्लो समय कोरोनाका बिरामीको उपचारमा समेत कठिनाइ आएको बताइएको छ ।

नेपाल सरकारले भने संक्रमणलाई गम्भीर रुपमा लिन र शतर्क रहन आग्रह गर्दैआएको छ । विज्ञहरुले यसपटकको लहर पहिले भन्दा पनि भयानक हुनसक्ने भन्दै उचित तरिकाले मास्क लगाउन र अन्य स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome