बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

कर्मचारीमा कोरोना देखिएपछी काठमाडौं सीडीओ कार्यालय एक साताका लागि बन्द

१२ बैशाख, २०७८ १९:०७ मा प्रकाशित

691 पटक पढिएको

district administration office kathmandu

काठमाडौं – केही कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द भएको छ ।

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी गराएका हुन् ।

पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसबाहेक अन्य काम हुने छैनन् ।

तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome