शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

भारतबाट नेपाल प्रवेश गरेका ७३ जनामा कोरोना संक्रमण

१३ बैशाख, २०७८ ०५:३२ मा प्रकाशित

448 पटक पढिएको

corona positive

वीरगन्ज – भारतसँग खुला सीमा जोडिएको वीरगन्जको इनर्वा नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका मध्ये ७३ जनामा कोरोना संक्रमण भेटिएको छ।

नेपालको मुख्य नाका वीरगन्जको इनर्वा स्थित शंकराचार्य प्रवेशद्वारमा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट आउनेको स्वास्थ्य चेकजाँच गर्दा ७३ जनामा कोरोना संक्रमण भेटिएको हो।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा चैत २३ गतेदेखि वैशाख १२ दिउँसोसम्म भारतबाट आउने हजार ५० जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण भेटिएका ७३ जनामध्ये ११ जना नेपाली र बाँकी ६२ जना भारतीय रहेको हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह हवारीले जानकारी दिए। नेपाली संक्रमितलाई उनीहरुको सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा पठाइएको हवारीले जानकारी दिए।

भारतीय संक्रमितलाई भने रक्सौलस्थित भारतीय प्रहरीसँग समन्वय गरेर एम्बुलेन्समा राखेर भारततर्फ नै फर्काइएको हवारीले बताए।

छिमेकी मुलुक भारतमा कोरोनाको दोश्रो लहर सुरु भएपछि वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा चैत २३ गतेदेखि एन्जिटजेन प्राविधिबाट कोरोनाको परीक्षण गर्न थालिएको हो।

अन्सारीका अनुसार, नाकाको हेल्थ डेस्कमा लामो समय भारतमा बसेर फर्किने नेपाली, भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्याक्तिको मात्रै एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्ने गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome