बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा थप कडाइ गर्ने तयारी

१३ बैशाख, २०७८ १३:२९ मा प्रकाशित

707 पटक पढिएको

district administration office kathmandu

काठमाडौं – कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रण गर्न उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसिरहेको छ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आजै बेलुका मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ । मन्त्रिपरिषद्ले यसअघि नै रात्रिकालीन व्यवसाय पूर्णरुपमा बन्द गरेको छ ।

आइतबार बसेको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा सहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने बताएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome