मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

दार्चुला पहिरोमा बेपत्ता दम्पतीको शव भेटियो

१३ श्रावण, २०७७ १९:३३ मा प्रकाशित

525 पटक पढिएको

couple deceased in darchula landslide

दार्चुला – जिलाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ। घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुईजना बेपत्ता भएका थिए।

सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome