सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १,९६६ सहित देशभर थप ४,५२४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

१४ बैशाख, २०७८ १७:५५ मा प्रकाशित

564 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९६६ जनासहित देशभर थप ४५ सय २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना गरी उपत्यकामा १ हजार ९१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ७ हजार ९२५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७८ हजार ५०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार २२५ जना संक्रिय संक्रमित छन् । ५८ जना क्वारेन्टाइनमा छन् । २३ हजार ३५२ जना होम आईसोलेसनमा रहेका छन् भने २८ सय ७३ जना संस्थागत आईसोलेसनमा रहेका छन् । ३१५ जना आइसीयूमा र ८४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ रहेको छ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome