शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

रुपन्देहीमा बैशाख १६ देखि १५ दिन निषेधाज्ञा लगाउन सिफारिस

१४ बैशाख, २०७८ १८:०४ मा प्रकाशित

693 पटक पढिएको

butwal nepal

बुटवल – कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीमा १५ दिन निषेधाज्ञा लगाउन सिफारिस गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि सिफारिश गरेको हो।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome