बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

१५ बैशाख, २०७८ १४:०९ मा प्रकाशित

490 पटक पढिएको

arrested illustration

विराटनगर – विराटनगरबाट भारतीय नागरिक प्रतिबन्धित नोटसहित मंगलबार साँझ पक्राउ परेका छन्। प्रतिबन्धित भारतीय नोटसहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुर पक्राउ परेका हुन्।

उनलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। राईका अनुसार उनी शंकास्पद हिसाबले बीआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा साँझ ५:३० बजेतिर नेपाल छिरेका थिए।

इलाका प्रहरी कार्यालय रानीको टोलीले नेपाल–भारत सीमा क्षेत्रमा रोकेर चेकजाँच गर्दा ठाकुरको साथबाट प्रतिबन्धित भारतीयसहित नेपाली नोट पनि बरामद भएको उनले बताए। डीएसपी राईका अनुसार पक्राउ परेका ठाकुरको साथबाट पाँच सय रुपैयाँ दरका ७७ थान भारतीय नोट बरामद भएको छ।

त्यसको भारतीय ३८ हजार पाँच सय रुपैयाँ हुन्छ। उनले भारतीय रुपैयाँको स्रोत पनि खुलाउन नसकेको प्रहरीको भनाइ छ। नेपालमा पाँच सय रुपैयाँमाथिका भारतीय नोटलाई प्रतिबन्ध लगाइएको छ।

साथै ठाकुरको साथबाट नेपाली एक हजार दरका २६ वटा, पाँच सय दरका ४० वटा, एक सय दरका छ वटा र १० रुपैयाँको एउटा नोट गरेर ४६ हजार छ सय १० रुपैयाँ बरामद भएको जानकारी डीएसपी राईले जानकारी दिए। पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि प्रहरीले विराटनगर भन्सार कार्यालय बुझाउने भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome