शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

१५ बैशाख, २०७८ १४:१२ मा प्रकाशित

499 पटक पढिएको

smugglers in custody

विराटनगर – प्रतिबन्धित औषधिसहित प्रहरीले मोरङको उर्लाबारीबाट सोमबारसाँझ दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ आइतबारेका २१ वर्षीय सागर तामाङ र दिपेश राजवंशी रहेका छन्।

उनीहरुलाई आइतबारेबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल र डिकोलिक एक-एक सय गरेर दुई सय चक्की बरामद भएको छ। दुवै औषधि प्रयोग गर्न नेपालमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई कारबाही अघि बढाउन प्रहरीले औषधि व्यवस्था विभागमा बुझाउने भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome