शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

निषेधाज्ञामा आपूर्ति सहज बनाउन मन्त्रालयको र्‍यापिड रेस्पोन्स टिम

१५ बैशाख, २०७८ १६:४५ मा प्रकाशित

794 पटक पढिएको

ministry of industry commerce and supplies nepal

काठमाडौं – बेशाख १६ (भोलि) देखि काठमाडौं उपत्यकामा हुन लागेको निषेधाज्ञामा आपूर्ति सहज बनाउन र्‍यापिड रेस्पोन्स टोली गठन गरिएको छ । निषेधाज्ञामा सामान आपूर्तिमा देखिने समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सो टोली गठन गरेको हो।

मन्त्रालयले अत्यावश्यक उपभोग्य वस्तु नपाएको खण्डमा र कालोबजारी भएको खण्डमा विभिन्न पाँच व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै तिनका नाम र नम्बर उपलब्ध गराएको छ ।

मन्त्रालयले बनाएको टोलीमा आपूर्ति व्यवस्थापनका रुपमा प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवगमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिलाई डा श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी तथा वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मी रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome