बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

सरकारले गर्‍यो ८८ उपसचिवको सरुवा

१६ बैशाख, २०७८ १५:४५ मा प्रकाशित

590 पटक पढिएको

ministry of general administration and federal affairs nepal

काठमाडौं – सरकारले ८८ उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा खटाएको छ ।

उपसचिव हिराकाजी श्रेष्ठको जिल्ला समन्वय समिति नुवाकोटमा सरुवा भएको छ। त्यस्तै उपसचिव रामचन्द्र रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, रविन्द्र प्रसाद चौधरीको प्युठान नगरपालिका, कमला घिमिरेको उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ ।

खगेन्द्र सुवेदीको डाक्नेश्वरी नगरपालिक सप्तरी, प्रेमकुमार काफलेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome