शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

निषेधाज्ञा उल्लङ्घन गर्ने १९२० सवारी प्रहरी नियन्त्रणमा

१६ बैशाख, २०७८ १६:५४ मा प्रकाशित

425 पटक पढिएको

ttraffic check in lockdown

काठमाडौं – कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी ३८१वटा साना जिप/कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

‘साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं,’ अधिकारीले भने । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सवा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome