शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १,५६१ सहित देशभर थप ४,९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

१६ बैशाख, २०७८ १७:०९ मा प्रकाशित

553 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ६१ जनासहित देशभर थप ४९ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८० हजार १६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३४ हजार ११७ जना संक्रिय संक्रमित छन् । ५९ जना क्वारेन्टाइनमा छन् । ३० हजार ९१६ जना होम आईसोलेसनमा रहेका छन् भने ३२ सय १ जना संस्थागत आईसोलेसनमा रहेका छन् । ३३७ जना आइसीयूमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome