शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

लुम्बिनी प्रदेशका जसपाका चार मन्त्री सांसद पदमुक्त

१७ बैशाख, २०७८ १०:०३ मा प्रकाशित

685 पटक पढिएको

jsp relieves leaders from lawmakers role

बुटवल – केही दिनअघि मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का चारजना सांसद पदमुक्त भएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पोखरेलले चार जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए। मन्त्री बनेका चार मध्ये तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षरसमेत गरेका थिए।

प्रदेशसभाले बिहिबार सूचना प्रकाशित गर्दै चारजना सांसद पदमुक्त भएको जानकारी गराएको हो।

जसपा संसदीय दलको बैठकले चार सांसदलाई कारबाही गरेको पत्र बुझाएको थियो। भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका बिजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन रायमाझी शर्माको संसद पद गुमेको हो।

चार सांसदको निलम्बनसंगै लुम्बिनी प्रदेशसभामा ६ जना सांसदको पद खाली भएको छ। यसअघि माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएका छन्। चार सांसदको पद रिक्त हुँदा सरकारमा नेकपा एमालेको एकल बहुमत पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome