आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

उपत्यकामा २,९५६ सहित देशभर थप ५,७२७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

१७ बैशाख, २०७८ १७:०४ मा प्रकाशित

399 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ सय ५६ जनासहित देशभर थप ५७ सय २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार चार सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरेर २९ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८१ हजार ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३८ हजार ८१३ जना संक्रिय संक्रमित छन् । ५९ जना क्वारेन्टाइनमा छन् । ३६ हजार १३५ जना होम आईसोलेसनमा रहेका छन् भने २६ सय ७५ जना संस्थागत आईसोलेसनमा रहेका छन् । ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न २२ जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ ।

मन्त्रालयले संक्रमण व्यापक बन्दा अस्पतालमा शैय्याको अभाव भएकाले संवेदनशील बन्न अनुरोध गरिसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome