आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कर्मचारीमा कोरोना देखिएपछि इटहरी उपमहानगरपालिका र यातायात कार्यालय बन्द

१७ बैशाख, २०७८ १७:२८ मा प्रकाशित

219 पटक पढिएको

itahari sub metropolitan city office

इटहरी – कर्मचारीमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु सात दिनका लागि बन्द गरिएको छ ।

कार्यपालिकाको आपतकालिन बैठकले २४ गतेसम्मका लागि अति आवश्यकीय कामबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको थियो ।

त्यसपछि अन्य केही कर्मचारीलाईसमेत कोरोना देखिएको बताइएको छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा अन्यको पनि परीक्षण भइरहेको छ । यता इटहरीस्थित यातायात व्यवस्था कार्यालय पनि २४ गतेसम्मका लागि बन्द गरिएको छ ।

संक्रमणको जोखिम बढेको र सुनसरी जिल्लाभर निषेधाज्ञासमेत जारी भएको भन्दै भोलिदेखि सबै काम बन्द गर्ने जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome