सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

जनताले साथ नदिए कोरोना नियन्‍त्रण गर्न कठिन छ : उपप्रधानमन्त्री

१७ बैशाख, २०७८ १७:२९ मा प्रकाशित

431 पटक पढिएको

minister ishwor pokharel

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाइँमा जनताले साथ नदिए समस्या समाधान गर्न कठिन हुने बताएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका पोखरेलले शुक्रबार सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भन्दै यस्तो बताएका हुन्।

‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो। यसलाई राज्यको मात्र काम हो भन्नु हुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं। जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ। जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ।’

सरकारले वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको भन्दै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए।

पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारीसमेत दिएका छन्। यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनको भनाइ छ।

१८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए।

सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्ने उनको भनाइ छ। ‘म नागरिकहाई अपील गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ। त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ ’, उनले भने, ‘हामी आफै जवााफदेही भएर अगाडि बढ्न जरुरी छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome