सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

साँढे चौध किलो नक्कली सुन सहित २ थान चानिज पेस्तोल बरामद

१३ श्रावण, २०७७ १९:४४ मा प्रकाशित

835 पटक पढिएको

fake gold seized

काठमाडौं – प्रहरीले १५ किलो सुन जस्तो देखिने पहेलो बिस्कुट सहित दुई थान माउजर लेखिएको चानिज पेस्तोल पनि बरामद गरेको छ ।

आज बिहान ९ बजे कमलपोखरी चोकमा चेक जाच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको स्कार्पियो जिप भागेको र प्रहरीले पिछा गर्दै जादा कमलादी स्थित नबिल बैक नजिक झोला फालेर भागेको थिए । उक्त झोला प्रहरीले खोलेर हेर्दा दुइवटा गोलि नभएको पेस्तोल र नक्कली सुन फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालिले बताउनु भयो ।

shyamlal gyawali

बरामद सुन जस्तो धातु परिक्षण गर्दा आधा किलो मात्र सक्कली सुन भएको बाकी साँढे चौढ किलो चादिमा सुनको जलप रहेको प्रहरीले बताएको छ ।

नक्कली सुनलाइ सक्कली भनेर बिक्री गर्ने ठग गिरोहले उक्त सामान फालेको हुनसक्ने प्रारम्भिक अन्सन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

महानगरिय प्रहरी बृत दरवारमार्गको टोलिले उक्त परिमाणको सुन र पेस्तोल बरामद गरेको हो ।

प्रहरीले गाडिको नम्वर पहिचान भैसकेको हुनाले फरार ब्यक्तिहरुको खोजी तिब्र बनाएको बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome