सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

धौलागिरीमा भेटियो हेलिकप्टर र दुई मानव अवशेष, २००६ मा दुर्घटनाग्रस्त एयर डाइनेस्टि भएको अनुमान

१८ बैशाख, २०७८ ०८:२६ मा प्रकाशित

491 पटक पढिएको

helicopter remains found in dhaulagiri

काठमाडौं – नेपाली सेनाले धौलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष भेटेको छ।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हिमाल सफाइको अभियानका क्रममा दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटिएको हो। पौडेलका अनुसार हिमाल सफाइ अभियान २०२१ को टोलीले बुधबार धौलागिरी आधार शिविरमा दुइृ मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको हो।

प्रवक्ता पौडेलका अनुसार हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टि हुनसक्ने अनुमान गरिएको छ। मृतकको पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको सेनाले जनाएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफाइ अभियानका दौरान ९ एन एसीआर हेलिकप्टरको अवशेष भेटिएको हो।

‘सफा हिलमा अभियान २०२१ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा वैशाख १५ गते धौलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्यम्पतर्फ ९ एनएसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको छ’, जनसम्पर्क निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome