शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

भारतमा रहेका अष्ट्रेलियनलाई स्वदेश फर्कन प्रतिबन्ध

१८ बैशाख, २०७८ १६:२० मा प्रकाशित

435 पटक पढिएको

aircraft on flight

काठमाडौं – भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अष्ट्रेलियन सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल सजाय दिन सकिने बताएको छ । भारतमा कोरोना भाइरस संक्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको संख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतमा हाल अनुमानित नौ हजार अष्ट्रेलियन नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ। भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको संख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने।

‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन्, त्यहाँबाट निस्कनुको विकल्प नै छैन, यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ,’ जीपी तथा स्वास्थ्य टिप्पणीकार व्योम शार्मरले भने।

सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ। त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अष्ट्रेलियन डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।

‘सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन,’ स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन्।

भारतमा कोरोनाभाइरस संक्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome